पाँचथर पहिरोमा हराइरहेका ३ मध्ये २ को शव फेला (अपडेट)

काठमाडौं । पाँचथरमा पहिरोमा पुरिएका ३ मध्ये २ जनाको शव फेला परेको छ । जिल्लाको फालेलुङ गाउँपालिका वडा नम्बर ७, बिदिनमा शुक्रबार राति साढे १० बजे पहिरोले घर र गोठ पुर्दा एकै परिवारका ३ जना बेपत्ता भएका थिए ।

बेपत्तामध्ये दुई जनाको शव फेला परेको पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए। ४२ वर्षीय रूपलाल मगरको शव परेको हो भने अर्का एक जनाको पहिचान हुन बाँकी छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार स्थानीय ७१ वर्षिय दल प्रसाद मगरको घर गएराती पहिरोले बगाएको हो । पहिरोले घर बगाउँदा उनका ४२ वर्षिय छोरा रूपलाल मगर, बुहारी ३८ वर्षिय गोमा मगर र उनको १९ वर्षिय भतिजी एलिसा मगर बेपत्ता भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *