देउवा गठबन्धनको सभापति बन्न खोजेको शेखर समूहकाे टिप्पणी

काठमाडाैँ । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले सभापति शेरबहादुर देउवा पार्टीको नभई गठबन्धनको सभापति बन्न खोजेको टिप्पणी गरेको छ ।

शुक्रबार काठमाडौँमा सम्पन्न सो समूहको भेलाले सभापति देउवाले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिलाई आफू सभापति हो भन्ने अनुभूति दिलाउन नसकेको र पार्टी भन्दा पनि गठबन्धनको सभापति भएर हिँड्न खोजेको निष्कर्ष निकालेको हो ।

पार्टीलाई बिधि बिधानमा सञ्चालन गर्नका लागि सभापतिलाई दबाब दिने निष्कर्ष भेलाले गरेको कांग्रेस नेता गोविन्द पोखरेलले जानकारी दिए । जनताको जनजीविकाका कुरालाई सरकारले ध्यान दिन नसकेको र जनतासँग गरेको प्रतिबद्धता अनुसार काम गर्न नसकेको समेत भेलाले निष्कर्ष निकालेको छ ।

त्यस्तै भेलाले नीतिगत भ्रष्टाचार बढ्दै गएको भन्दै यसलाई रोक्नुपर्ने निष्कर्ष निकालेको पोखरेलले बताए । सो समूहले भेलाले निकालेका निष्कर्षलाई कार्यान्वयन गराउन केन्द्रीय समिति बैठकबाट दबाब दिने समेत जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *