पार्टी दर्ता भएपछि रविले भने – अब पार्टीका एजेन्डा जनतामाझ लग्छाैँ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

आयोगको शुक्रवार बसेको बैठकले दल दर्ताका लागि उक्त पार्टीले दिएको निवेदनलाई स्विकार्दै दलको मान्यता दिएको हो ।

रवि लामिछानेले असार ७ गते निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए । निवेदनलाई आयोगले स्वीकार गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता भएको सो पार्टीका संयोजक लामिछानेले जानकारी दिए ।

त्यस्तै चुनाव चिन्ह गोलाकारभित्र घण्टी प्राप्त भएको उनले बताए । उनले दल दर्ता भएसँगै आफ्ना एजेन्डा जनतामाझ लाने उल्लेख गरे ।

यसअघि उक्त दलको नाममा आपत्ति जनाउँदै स्वतन्त्र उम्मेदवारहरूले दल दर्ता नगर्न आयोगमा निवेदन दिएका थिए । तर उनीहरूले दाबी नपुगेको आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *