थप ५० जनामा कोरोना संक्रमण

काठमाडाैँ । नेपालमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ४ सय ६७ पिसिआर परिक्षणका क्रममा ३५ जना र १ हजार ३ सय ४७ एन्टीजेन परिक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण शुक्रबार पनि कसैको मृन्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ४ सय ८० जना निको भएका छन् ।

हाल नेपालमा २ सय ९७ सक्रिय संक्रमित आइसाेलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *