राष्ट्रियसभाबाट रेलवे विधेयक सर्वसम्मतिले पारित

काठमाडौँ । राष्ट्रिय सभाको बैठकले रेल्वे विधेयक, २०७९ सर्वसम्मतिले पारित गरेको छ ।

शुक्रवार बसेको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले दफावार छलफलका लागि विधेयक प्रस्तुत गरेका थिए ।

छलफलमा क्रममा सांसदहरूले विधेयकका उल्लेख केही विषयमा संशोधन गर्नुपर्ने बताएका थिए । मन्त्री यादवले निश्चित समयमा ऐन कार्यान्वयनको मापन गर्दै त्यसको जानकारी सदनमा गराउने बताए ।

रेलवे बोर्डको काम कर्तव्य र अधिकारका विषयमा पनि सांसदहरूले उठाएका विषयलाई सम्बोधन गर्ने उनको भनाई थियो । मन्त्री यादवले परिमार्जन गर्दै रेल्वे विधेयकमा पूर्ण बनाउने जिकिर गरे ।

छलफलपछि बैठकले रेल्वे विधेयकलाई पारित गरेको हो । त्यस्तै बैठकले औषधि तेस्रो संशोधन विधेयक, २०७९ पनि पारित गरेको छ भने स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभाको अर्को बैठक असार २० गते बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *