प्रदेशमा पर्यटन कार्यदल गठन, ब्राण्ड नाम/चिन्ह तयार गर्ने

विराटनगर । प्रदेश सरकार पर्यटन तथा संस्कृति मन्त्रालय प्रदेश नं. १ले पर्यटन ब्राण्ड नाम/चिन्ह तयार गर्न कार्यदल बनाएको छ । पर्यटन व्यवसायी भविशकुमार श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय कार्यदल बनाएको हो ।

श्रेष्ठको संयोजकत्वमा रहेकोकार्यदलको सदस्यमा कौशल चेम्जोङ, दोर्जी सुशील शेर्पा, जित बहादुर राई र सदस्य सचिवमा रामसुन्दर थापा छन् । प्रदेश नं. १ को पर्यटन ब्राण्ड नाम/चिन्ह तयारी गरी मन्त्रालयमा पेश गर्न मन्त्री स्तरीय निर्णय अनुसार कार्यदल गठन गरिएको हो ।कार्यदलले अरू नयाँ के-के काम गर्ने भन्ने उल्लेख छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *