सेन्चुरी बैंकको ‘सेञ्चुरी डिबेन्चर २०८८’ नेप्सेमा सूचीकृत

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले ल्याएको सेन्चुरी बैंकको ‘सेञ्चुरी डिबेन्चर २०८८’ नेप्सेमा सूचीकृत भएको छ ।

बैंक र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबीच १० वर्ष अवधि तथा वार्षिक १०.५० प्रतिशत व्याजदर भएको ‘सेञ्चुरी डिबेन्चर २०८८’ (सीसीबीडी८८) नामक ऋणपत्र सूचीकरण गर्ने सम्झौता भएको छ ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सर्वसाधारण समक्ष धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड मार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि विक्री आह्वान गरेको थियो ।

सर्वसाधारणमा वितरण गरिएको २२ लाख कित्ता ऋणपत्र वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम मिति २०७९÷०३÷१५ गतेको निर्णयानुसार उक्त ऋणपत्र स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *