शेखर समूहकाे बैठक सुरु (तस्वीरसहित)
२०७९ असार १६ गते

काठमाडौँ । नेपाली कांग्रेसकाे शेखर काेइराला समूहकाे बैठक सुरु भएकाे छ ।
पार्टी सभापति शेरबहादुर देउवाले विधान अनुसार काम नगरेको भन्दै शेखर समूहले बैठक डाँकेकाे हाे । बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा सुरु भएकाे हाे ।
सभापति देउवाले भ्रातृ संस्थाको नेतृत्व चयन, विभाग गठन, नीति महाधिवेशन लगायतका विषयमा विधान कार्यान्वयन नगरेको भन्दै कोइराला पक्ष असन्तुष्ट छ ।
त्यस्तै, बैठकमा ती विषयसहित समसामयिक राजनीति र आर्थिक परिस्थितिबारे छलफल गर्ने कोइराला पक्षका नेताहरूको भनाइ छ ।

२०७९ असार १६ गते
प्रतिक्रिया
सम्बन्धित








