किशोरीलाई बिहानै काममा बोलाएर यौन दुर्व्यवहार, पक्राउ परे गौतम

पोखरा । पोखराको चिप्लेढुंगामा सञ्चालित एक फेन्सी पसलका सञ्चालक छविलाल गौतमले आफ्नो पसलमा काम गर्न राखेको किशोरीलाई बिहानै बोलाएर बाल यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।

जिल्ला प्रहरी कार्यालयले उनलाई १५ वर्षीय किशोरीमाथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गरेको छ । बुधवार बिहान आफ्नै पसलमा काम गर्ने ती किशोरीलाई बलात्कार गर्न खोजेको आरोप छ । ती किशोरीले बुधवार बिहानदेखि नै काम थालेकी थिइन् ।

घटना भएको २ घण्टापछि उनलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए । ‘घटना भएपछि परिवारले उजुरी दिनुभएको थियो । त्यसकै आधारमा हामीले पक्राउ गरेर अनुसन्धान थालेका छौँ,’ उनले भने, ‘पीडित बालिकाको स्वास्थ्य परीक्षणपछि परिवारको जिम्मा लगाएका छौँ ।’

काममा राख्ने बेला बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म काम गर्नुपर्ने सर्त राखे पनि बुधवार बिहानै काममा बोलाएका थिए । किशोरी फुत्किएर भागेको बताइएको छ । गौतमले किशोरीको संवेदनशील अंगमा छोएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी तिवारीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =