पूर्व माओवादी लडाकुले खाेपे व्यवसायी दुर्गा प्रसाईंको ट्याटु

काठमाडाैँ । दाेलखाका एक युवाले झापाका व्यवसायी तथा एमाले नेता दुर्गा प्रसाईंको ट्याटु खाेपेका छन् ।

दोलखा सैलुङ गाउँपालिका वडा नं. ७ घर भएका पूर्व माओवादी लडाकु परमेश्वर खड्काले आफ्नो छातीमा प्रसाईंको फाेटाे-ट्याटु खाेपेका हुन् ।

खड्काले प्रसाईंको जीवनबाट प्रभावित भएकाे भन्दै ट्याटु खाेपेकाे बताए । प्रसाईंको ‘जे गर्छु नेपालमै गर्छु’ भन्ने भनाइबाट अत्यन्तै प्रभावित भएकाे भन्दै ट्याटु खाेपेकाे उनकाे भनाइ थियाे ।

उनले भने, ‘जे गर्छु नेपालमै गर्छु भन्ने युवाका राेजगारदाता प्रसाईंबाट प्रभावित भएर उनकाे तस्वीर सहितकाे ट्याटु खाेपेँ ।’ उनले हालसम्म दुर्गा प्रसाईंलाई नभेटकाे बताए । प्रसाईंलाई भिडिओहरूमा देखेकाे र सुनेकै आधारमा उनीप्रति प्रभावित भएकाे खड्काकाे भनाइ थियाे ।

त्यस्तै, उनले दुबईका राजाकाे छाेरालाई व्यक्तिगत प्रयासबाट प्रसाईंले नेपाल ल्याउन सफल भएकाे भन्दै प्रशंसा समेत गरे ।

खड्काले आफू पूर्व माओवादी लडाकु रहेकाे बताए । उनले आफूलाई बालसिपाही घाेषणा गरेर निष्काशन गरेकाे उल्लेख गरे । आफू बाल सेनाका उपाध्यक्ष समेत रहेकाे दाबी उनकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *