विपद् प्रभावितको उद्धार तथा पुनःस्थापनाका लागि तयार रहन गृहमन्त्रीकाे निर्देशन

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले विपद् प्रभावितको खोज, उद्धार, राहत र पुनः स्थापनाका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

बुधवार सिंहदरबारमा मौसम पूर्व तयारी तथा प्रतिकार्य बैठकमा गृहमन्त्री खाँणले विपद् जोखिम न्यूनीकरणका लागि पर्याप्त पूर्व तयारीसहित एकीकृत प्रयास गर्नुपर्ने भन्दै सबै प्रकारको तयारीमा रहन निर्देशन दिए ।

विपद्का कारण सडक अवरुद्ध हुँदा भौतिक तथा आर्थिक विकासमा समस्या आउने भएकाले अवरुद्ध सडक तत्काल सञ्चालन गर्ने गरी उपकरणलाई तयारी अवस्थामा राख्न पनि उनले निर्देशन दिए ।

उनले सबै निकायले एकीकृत ढङ्गबाट विपद्को सामना गर्नुपर्ने उल्लेख गर्नुभयो । उनले जटिल खालका भौगोलिक बनावटका कारण हुने विपद् जीउधन र पूर्वाधारको सुरक्षाका लागि चुनौती भएको धारणा राखे ।

बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपद् जोखिम न्यूनीकरणका लागि एकीकृत रूपले परिचालन हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − five =