बुधवार थप ६२ जनामा कोरोना संक्रमण पुष्टि
२०७९ असार १५ गते

काठमाडौँ । नेपालमा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६ सय २० जनामा कोरोना परीक्षण गर्दा ६२ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
१ हजार ८ पिसिआर परीक्षणमा ५१ जना र ६ सय १२ एन्टिजेन परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १९ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या २ सय ६१ पुगेको छ ।
२०७९ असार १५ गते
प्रतिक्रिया
सम्बन्धित








