प्रचण्डलाई घनश्यामकाे कटाक्ष- एमालेमा तपाईंकाे बिउ उम्रिँदैन, नेकपाको हाईब्रीड नै चाहिन्छ
२०७९ असार १५ गते

काठमाडाैँ । नेकपा [एमाले]का नेता घनश्याम भुसालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जवाफ फर्काएका छन् । बुधबार बिहान प्रचण्डले आफूले एमालेमा बिउ राेपेर आएकाे र त्याे चाँडै फुल्ने र फल्ने बताएपछि भुसालले यसकाे कटाक्ष गरेका हुन् । ‘कमरेड प्रचण्डले आज एमालेमा माओवादीको बीउ छरेर आएका छाैँ भन्नुभएछ,’ उनले भने, ‘तर, उहाँले पनि ठीक ढङ्गले बुझ्न सक्नुभएन । अब एमालेको बिउ, माओवादीको बिउ, समाजवादीको बिउ चल्दैन । नेकपाकै हाईब्रीड चाहिन्छ ।’
पहिले आफूहरूले हाईब्रीड बनाएकाे उल्लेख गर्दै उनले भनेका छन्, ‘नेकपा एउटा हाईब्रीड थियाे । हाम्रो वुद्धि पुगेन भकारीमा आगो लगायाैँ । फेरि पनि हामी नेकपाको हाईब्रीड बिउ चाहिन्छ ।’
वाम एकताकाे पक्षमा वकालत गर्दै आएका उनले त्यसकाे प्रयास गर्नेसमेत बताएका छन् ।
२०७९ असार १५ गते
प्रतिक्रिया
सम्बन्धित








