आजबाट तीन दिन मनसुन थप सक्रिय हुने, यी प्रदेशमा हुनेछ भारी वर्षा

काठमाडौँ । अहिले नेपालमा देशभर मनसुनी वायुको प्रभाव देखिएको छ । मनसुनी वायुको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसमविद्ले जानकारी दिएका छन् । देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश-१, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
मनसुन थप सक्रिय भए संगै गए राती देखि देशको अधिकांश भू-भागहरुमा मध्यम देखि भारी वर्षा भैरहेको छ। विशेष गरी गण्डकी प्रदेश, लुम्बिनी प्रदेशको साथै कर्णाली प्रदेशको केहि जिल्ला र सुदुर पश्चिम प्रदेशको तराईका जिल्लाहरुका केहि स्थानहरुमा धेरै भारी वर्षा समेत भैरहेको छ।@NDRRMA_Nepal pic.twitter.com/ZuWO0tFDb1
— Nepal Weather Forecast (@DHM_Weather) June 29, 2022
सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी वर्षा र कर्णाली प्रदेशको एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षाले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
आजबाट तीन दिन मनसुन थप सक्रिय हुने विभागले जनाएको छ ।








