विराटनगरका विद्यालय तीन दिन बन्द

काठमाडाैँ । मोरङको विराटनगर महानगरपालिकाले आजदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्न आग्रह गरेको छ । भारी वर्षाले महानगरभित्रका विद्यालय डुबानमा परेको र अझ केही दिन अविरल वर्षाको सम्भावना रहेको भन्दै महानगरले विद्यालय बन्द गर्ने निणर्य गरेको हो ।

वर्षाका कारण विद्यालय सञ्चालनमा समस्या उत्पन्न हुने र विद्यालयहरू अस्थायी सेल्टरका रूपमा प्रयोग गरिने भएकाले वर्षे र हिउँदेबाट कट्टा हुने गरी विद्यालय बन्द गर्न महानगरले आग्रह गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *