मोरङको रंगेलीमा स्कुल बसले किचेर ४ वर्षीय विद्यार्थीको मृत्यु

विराटनगर । मोरङको रंगेलीमा आज दिउँसो स्कुल बसले किचेर एक विद्यार्थीको मृत्यु भएको छ । एक बालिका गम्भिर घाइते भएकी छन् ।

रंगेली नगरपालिका –७ स्थित माउण्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको को १ क ११३० नं को बसले सोही विद्यालयमा अध्ययनरत दुई बालबालिकालाई ठक्कर दिएकाे हाे । स्कुल छुट्टी भएपछि विद्यार्थीहरू बाहिर निस्कने क्रममा सोही स्कुलको बस अनियन्त्रित भएर किच्दा रंगेली–७ का महादेव मण्डलका ४ वर्षीय छोरा रिपिक मण्डलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा रंगेली–६ चोप्राहाका स्थानीय नरेश मण्डलकी पाँच वर्षीया छोरी सोनमकुमारी मण्डल गम्भिर घाइते भएकी छन् । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

विद्यालयको लापरवाहीका कारण विद्यार्थीको मृत्यु भएको भन्दै स्थानीय आक्रोशित बनेका छन् । आक्रोशित स्थानीयले स्कुलविरुद्ध नाराबाजी गर्दै सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । आक्रोशित स्थानीयले स्कुलको दुईवटा गाडीमा तोडफोड समेत गरेका छन् ।

प्रहरीले बसका चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *