एसपीपीमा देउवा र प्रचण्डको सहमति रहेको ओलीको दाबी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीका सन्दर्भमा शेरबहादुर देउवा र प्रचण्डले सहमति जनाएको दाबी गरेका छन् ।

मदन भण्डारीको ७१ औँ जन्म जयन्तीका अवसरमा मंगलबार मदन भण्डारी फाउन्डेसनले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा ओलीले एमसीसीकै बेला एसपीपीको मस्यौदामाथि देउवा र प्रचण्डले नै सहमति जनाएको दाबी गरे । अहिले माओवादी अध्यक्ष प्रचण्डले आफूलाई नै एसपीपीको मुख्य योजनाकार भएको भन्दै उनले आपत्ति जनाए । उनले प्रचण्डको निर्देशनमा नै एमसीसीको चर्को विरोध भएको समेत उल्लेख गरे ।

अध्यक्ष ओलीले एसपीपीका सन्दर्भमा सार्वजनिक भएको पत्र आफू प्रधानमन्त्री हुनुभन्दा अघिको पत्र भएको हुनसक्ने र र यसमा आफूलाई मुछ्नका लागि टिपेक्स लगाएर,चलानी नम्बर फेरेर पत्र बाहिर ल्याइएको तर्क गरे । उनले एसपीपीका विषयमा वास्तविक कुरा बाहिर ल्याउन सरकार र अमेरिकी दूतावासको ध्यानाकर्षण गराए । उनले गठबन्धनमा एमसीसी ठिक छ भन्नेहरू नै एसपीपीको पक्षमा लागेको भन्दै अर्को जाल दिएर एसपीजीमा सामेल हुने सम्भावना कायमै रहेको जिकिर गरे । ओलीले गठबन्धनले राष्ट्रियतामाथि चरम खेलबाड गरेको आरोप लगाए ।

कार्यक्रममा हरेक वर्ष प्रदान गर्दै आइरहेको मदन भण्डारी राष्ट्रिय पुरस्कार कृष्ण राई र प्रभा चालिसेलाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *