सहकारी बोर्डको सञ्चालक पदमा नियुक्ति लिन कीर्ते प्रमाणपत्र पेश गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गरेको अभियोगमा १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-१३ कुसुन्ती बस्ने ५३ वर्षीय माधव प्रसाद तिमल्सिना रहेकाे प्रहरीले जनाएकाे छ । उनलाई ललितपुर थसीखेलबाट केन्द्रीय अनुसन्धान ब्यूरोको प्रहरीले पक्राउ गरेको हो ।

उनले नेपाल सरकार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत राष्ट्रिय सहकारी विकास बाेर्डको सञ्चालक पदमा नियुक्तिको लागि पाटन बहुमुखी क्याम्पसबाट स्नातक तह उतीर्ण गरेको चारित्रिक प्रमाणपत्र र पाटन मल्टिपल क्याम्पसबाट स्नातक हुम्यानिटिज र सोसल साइन्सको ट्रान्स्कृप्ट कीर्ते गरेकाे देखिएकाे हाे ।

उनले २०७८ चैत ६ गते निवेदनका साथ राष्ट्रिय सहकारी विकास बाेर्डमा ती प्रमाणपत्रहरू पेश गरेका थिए ।

उनीमाथि लिखत सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद लिई थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *