मन्त्री मेटमणिका अगाडि नेता दिनानाथले भने- पालाे पुर्‍याएर मन्त्री हुने चलन राम्राे हाेइन

काठमाडौँ । नवनियुक्त सहरी विकास मन्त्री मेटमणि चौधरीले पदमा बसुन्जेल देश र जनताको हित हुनेगर इमानदारितापूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको बधाई तथा सफल कार्यकालको शुभकामना कार्यक्रममा बोल्दै नवनियुक्त मन्त्रीले चौधरीले देशको विकासको लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्न पनि आग्रह गरे । मुलुकमा ठूला–ठूला क्रान्ति र परिवर्तन भएको स्मरण गराउँदै उनले देश विकासको लागि अब सबैले इमानदारितापूर्वक योगदान दिनुपर्ने बताए ।

उनले नेपालमा गलत काम गर्दापनि सपोर्ट गर्ने अनि राम्रो काम गरेको छ भने विरोध गर्ने परम्परा रहेको भन्दै सहीलाई सही र गलतलाई गलत भन्ने बानीको विकास गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले आफ्नो पार्टीले तत्काल मन्त्रीहरू फिर्ता बोलाउनेबारे कुनै छलफल र सोच नबनाएको स्पष्ट पारे । मन्त्रीहरूलाई राम्रोसँग काम गर्नको लागि समय दिनुपर्ने भन्दै छिटोछिटो मन्त्रीहरू हेरफेर गरेको विषयमा जनता पनि त्यति खुसी नभएको उनको भनाई छ ।

नेता शर्माले पालो पुर्‍याएर तीन/तीन महिना र छ महिना सरकारमा सहभागी हुने पद्धतिलाई प्रोत्साहन गर्न नहुने धारणा राखे । त्यस्तै उनले संघ र प्रदेशको निर्वाचनमा गठबन्धनबिच सिटको बाँडफाँडमा पनि समस्या नहुने जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *