प्रधान सेनापति शर्माद्वारा मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको भ्रमण

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्माले मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको भ्रमण गरेका छन् ।

औपचारिक भ्रमणका लागि लेवनान र सिरिया प्रस्थान गरेका प्रधान सेनापति शर्मासहितको टोली उतैबाट अमेरिका पुगेका हुन् । संयुक्त राष्ट्रसंघको आह्वानमा असार १० गतेसम्मका लागि भ्रमणमा गएको सो टोली लेवनान र सिरियाको औपचारिक भ्रमण सकेर अमेरिका पुगेको हो । अमेरिकी सरकारको निमन्त्रणमा भ्रमणमा पुगेका प्रधान सेनापति शर्मा असार १७ गतेसम्म अमेरिकामै रहने बताइएको छ ।

शर्माले हिजो सोमबार अमेरिकाको क्वान्टिकोस्थित नेशनल म्युजियम अफ मेराइन कर्प्स र मेराइन कर्प्स बेस अवलोकन गरेका छन् । भ्रमणकै क्रममा प्रधान सेनापति शर्माले मेराइन कर्प्स वार फाइटिङ ल्याबोरेटरीका कमाण्डिङ ब्रिगेडर जनरल काइले बि. विलसनसँग छलफल तथा अन्तर्क्रियासमेत गरेका छन् । हिजो नै शर्माले मेराइन कर्प्स कमाण्ड एण्ड स्टाफ कलेजको भ्रमण गरी सो कलेजको तालिमलगायत विविध पक्षका बारेमासमेत जानकारी हासिल गरेका छन् ।

साथै,  प्रधान सेनापति महारथी शर्माले संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत महामहिम श्रीधर खत्रीसँग शिष्टाचार भेटसमेत गरे ।

अमेरिका भ्रमण सकेर सेनापति शर्मासहितको टोली असार १९ गते स्वदेश फिर्ता हुने बताइएको छ । त्यतिन्जेल बलाधिकृत रथी बालकृष्ण कार्कीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *