सरकारको प्रथमिकतामा विराटनगर नपरेपछि स्थानीय नेता राजधानीमा

विराटनगर । चुनाव नजिकिँदै गर्दा विराटनगरको विकासको विषयलाई लिएर कांग्रेसका नेताहरु काठमाडौँ दौडधुपमा देखिएका छन् ।

आन्तरिक कामले काठमाडौँ गएका भएपनि उनीहरूले विराटनगरको विकाससँग जोडेर कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेको बताइएको छ । आइतबार नेपाली कांग्रेसका केन्द्रिय सदस्य अमृत अर्याल, विराटनगर महानगर पालिकाका पूर्व मेयर तथा नेका केन्द्रिय सदस्य भीम पराजुलीसहित ५ जनाको टोलीले प्रधानमन्त्री देउवालाई बालुवाटारमा भेटेका छन् । २० वर्षदेखि विकासमा विराटनगर पछि पर्दै गएको भन्दै उनीहरूले विराटनगरको विकासका लागि प्रधानमन्त्रीले पहल गरिदिन आग्रह गरेका हुन् ।

विराटनगर विमानस्थल क्षेत्रीय स्तरको बनाउन बजेट विनियोजन नगरिएको र स्थानियको मुआब्जा पनि विरतण नगरिएको कारण स्थानियले सडक आन्दोलन गरिरहेको जानकारी अर्यालले प्रधानमन्त्रीलाई गराएका थिए । पूर्व मेयर पराजुलीले विराटनगर विमानस्थलको ठेक्का लागि सकेको टर्मिनल भवनको ठेक्का रद्द गरेर विराटनरको विकासलाई पछि धकेल्ने काम भएको प्रधानमन्त्रीलाई बताए ।

आधा घण्टा धैर्यपूर्वक विराटनगरका समस्या सुनेका प्रधानमन्त्रीलाई विराटनरको रिङ रोड सिलान्यास भएको ४० वर्ष पुग्दा पनि नबनेको, विराटनगरको ढुवानीको समस्या समाधान नभएको, प्रर्दशनीस्थल नबनेको, ६ सय विगा जमिन भएर पनि अमडुवामा स्पेशल इकोनोमिक जोन बन्न नसकेको लगायतका माग पराजुलीले राखेका थिए ।
अमृत अर्यालका अनुसार प्रधानमन्त्रीले विराटनगरको विकासका लागि आफू लाग्ने आश्वासन दिएका छन् ।

प्रधानमन्त्रीले विराटनगर विमानस्थल पीडितको समस्या नयाँ नागरिक उड्ययनमन्त्री आएपछि आफूले तत्काल जग्गा फुक्का गरिदिन भन्ने र पछि बजेटको व्यवास्था भएपछि विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरको बनाउन काम अघि बढाउने बताए ।

प्रधानमन्त्रीसँगको साक्षात्कारमा अर्याल र पराजुलीसँगै विराटनगरबाट भेषराज पोखरेल, ज्ञानबहादुर खड्का, प्रदिप भगत सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *