नियमित वर्षाका कारण काठमाडौँको फोहर व्यवस्थापनमा समस्या

काठमाडौँ । पछिल्लो समय नियमित रूपमा वर्षा भइरहेका कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या देखिएको छ ।

लगातारको वर्षाका कारण काठमाडौँदेखि बञ्चरेडाँडासम्म पुग्ने सडकमा समस्या आउँदा फोहरका गाडीहरू सो स्थानतर्फ जान नसक्दा फोहर व्यवस्थापनमा पुन: समस्या निम्तिएको हो । सामान्यतया: प्रतिदिन ३०० वटा फोहरका गाडी बञ्चरेडाँडा पुग्ने गरेकोमा हाल सडक अवरोध हुँदा अहिले मुस्किलले १०० वटा गाडीले मात्र फोहर व्यवस्थापन गर्दै आएका छन् ।

काठमाडौँ महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईका अनुसार कोल्फु खोलादेखि नै कच्ची सडक रहेको र यसअघि फोहर व्यवस्थापन गर्दै आएको सिसडोल पार गर्दै फोहरकै डङ्गुरबाट गाडीहरू बञ्चरेडाँडा जानुपर्ने हुँदा समस्या भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *