प्रतिनिधि सभाबाट पारित दुई विधेयक सभामुख सापकोटाद्वारा प्रमाणित

काठमाडौँ । आज सोमबार सभामुख अग्निप्रसाद सापकोटाद्वारा बिरूवा संरक्षण संशोध विधेयक, २०७६ र बीउबिजन संशोधन विधेयक, २०७६ प्रमाणित भएको छ ।

गत असार ७ गते मंगलबार प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय सभाबाट बिरुवा संरक्षण र बीउबिजन शीर्षकमा भएका संशोधनहरू सर्वसम्मतिबाट स्वीकृत भई पारित भएको थियो । सो संशोधन आज सभामुख सापकोटाले प्रमाणित गरेका हुन् ।

बिरूवा संरक्षण शीर्षकमा पहिलो संशोधन र बीउ बिजनमा दोस्रो संशोधन प्रमाणित भएको हो । सभामुख सापकोटाद्वारा प्रमाणित भएका सम्बन्धित संशोधन विधेयकहरू अब राष्ट्रपति विद्यादेवी भण्डारीबाटसमेत प्रमाणीकरण भएपछि उक्त विधेयकले कानुनी रूप लिनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *