माओवादी केन्द्रमा पार्टी प्रवेश गर्नेहरूलाई प्रचण्डद्वारा खादा ओढाएर स्वागत

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आज पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडा, कोटेश्वरमा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको छ ।

विभिन्न दलका कार्यकर्ताहरूले आज आफ्नो पार्टी परित्याग गरेर माओवादी केन्द्र प्रवेश गरेका हुन् । नेकपा मसालका केन्द्रीय सदस्य कैलालीका खडक राना थारु, नेकपा एमाले सुदूरपश्चिम प्रदेशका सदस्य एवं नेपाल इट्टा व्यवसायी केन्द्रीय उपाध्यक्ष कन्चनपुरका बिरबल वि.क., नेकपा मसालका समन्वय समिति लुम्बिनी ब्युरोका सदस्य कपिलवस्तुका कमलकुमार खड्का, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि कन्चनपुरका चन्द्रसिंह वि.क. लगायतले आज आफ्नो पार्टी परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका छन् ।

साथै, नेपाली कांग्रेसका क्रियाशील सदस्य कन्चनपुरका रामचन्द्र वि.क., नेपाली कांग्रेस पुनर्वास नगर सचिव कन्चनपुरका चन्द्रमणि गैरे लगायत कन्चनपुरका अन्य कार्यकर्ताहरू पनि माओवादी प्रवेश भएका हुन् ।

सो अवसरमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले खादा ओढाई पार्टी प्रवेश गरेका आफ्ना नयाँ कार्यकर्ताहरूलाई स्वागत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *