तनहुँमा खोलाले बगाएर बालिकाको मृत्यु
२०७९ असार १३ गते

पोखरा । तनहुँमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । भानु ७ चन्द्रावतीकी रचना श्रेष्ठकी डेढ वर्षीया छोरी काव्या श्रेष्ठको घर नजिकै रहेको चुँदी खोलाले बगाउँदा मृत्यु भएको हो । खेल्दै खोलामा पुगेको र एक्कासी बगाएको बताइएको छ ।
उनलाई बगाएर बेपत्ता पारेको थियो । लामो समयपछि खोला किनारामा उनको शव भेटिएको तनहुँ प्रहरीले जनाएको छ । उनको शव पाेष्टमार्टमका लागि दमौली अस्पतालको शव गृहमा राखिएको छ ।
२०७९ असार १३ गते
प्रतिक्रिया
सम्बन्धित








