पर्यटन क्षेत्रको प्रवर्द्धन गरिनेछः मन्त्री श्रेष्ठ

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

मन्त्रालयमा आज पदवहालीका क्रममा उनले महामारीले धरासायी बनाएको यस क्षेत्रलाई पुनः पहिलेकै अवस्थामा ल्याउन आवश्यक रहेको बताएका हो । मन्त्रालयका कार्य प्राज्ञिक, धार्मिक र संस्कृतिका साथै वैदेशिक पर्यटनसँग पनि जोडिएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले भने, “यस मन्त्रालयमा राष्ट्रिय गौरवका विभिन्न योजना छन्, तिनलाई समयमै सम्पन्न गराउनुपर्छ ।”

उनले आफूसँग छोटो समय रहेको र त्यस अवधिमा मन्त्रालयका कार्यविधि, ऐन तथा नियमको परिधिमा रहेर धेरै काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यसअघि, मन्त्रालयका कर्मचारीले मन्त्री श्रेष्ठको स्वागत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *