डा. शेखर कोइराला र विज्ञहरूबीच वर्तमान राजनीतिक-आर्थिक विषयमा छलफल

काठमाडौँ । आज सोमबार नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले देशको पछिल्लो राजनीतिक तथा आर्थिक अवस्थाका बारेमा विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफल गरेका छन् ।

वरिष्ठ नेता कोइरालाले राष्ट्रिय योजना आयोगका पुर्वउपाध्यक्ष डा. गोबिन्दराज पोख्रेल, पुर्व मुख्यसचिव डा. बिमल कोइराला, विश्लेषक अच्युत वाग्ले, व्यवसायी नरेश श्रेष्ठ र विश्लेषक पुरञ्जन आचार्यसँग भेटघाट गरी समसामयिक राजनीति तथा वर्तमान अर्थतन्त्रका बारेमा छलफल गरेका छन् । राजधानीको ठमेलस्थित होटल मल्लमा भएको छलफलमा विज्ञहरूले सत्ताको नेतृत्व गरिरहेका कांग्रेसका नेताहरूले पार्टीप्रति भन्दा बढी देशप्रति संवेदनशील हुनुपर्ने धारणा राखेका छन् ।

आर्थिक अनुशासन उल्लंघन गरिरहेका संस्था, संरचना र व्यक्ति परिवर्तन गर्नुपर्नेमा जोड दिँदै विज्ञहरूले आगामी चुनावमा जित्ने र पार्टी बचाउनेभन्दा पनि देशको स्थितिमाथि सजग हुनुपर्ने सुझाव दिएका छन् ।

प्रतिक्रियामा नेता डा. कोइरालाले छलफलमा आएका सुझावबारे केन्द्रीय कार्यसमिति, केन्द्रीय कार्यसम्पादन समिति बैठकमा गम्भीर बहस चलाउने प्रतिबद्धता जाहेर गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *