मोरङमा अवैध गाँजासहित तीनजना पक्राउ

२०७९ असार १३ गते

विराटनगर । मोरङमा गाँजासहित तीनजना पक्राउ परेका छन् ।
गएराति मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं–५ बाट सडक किनारामा शंकास्पद रूपमा हिँडिरहेका तीनजनालाई सोधपुछ गर्ने क्रममा गाँजा फेला परेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा धनकुटा सागुरिगढी गाउँपालिका वडा नं–८ बस्ने ३० वर्षीय सुरेन्द्र राई, २९ वर्षीय मिलन राई र २९ वर्षीय बाला राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
चेकजाँचको क्रममा उनीहरूको साथबाट जेब्रा झोलामा ८ केजी गाँजा बरामद भएको प्रहरीको भनाइ छ । पक्राउ परेका तीनैजनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०७९ असार १३ गते
प्रतिक्रिया
सम्बन्धित