झापामा बोराभित्र शव भेटियो, खुलेन पहिचान

काठमाडौँ । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ४ मा एक पुरूषको शव फेला परेको छ । प्रहरीका अनुसार वडा कार्यालय नजिकै ह्युमपाइपभित्र बोरामा राखेको अवस्थामा शव फेला परेको हो ।

आइतबार बेलुकी शव फेला परेको थियो । ह्युमपाइपभित्र पहेँलो र रातो रङको बोरा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बोरा खोलेर हेर्दा त्यहाँ एक पुरूषको शव फेला परेको हो ।

शवको प्रकृति हेर्दा हत्या गरेर लुकाएको देखिन्छ । टाउकोमा गम्भीर चोट लागेकोले हत्या गरेर शव लुकाएको आशंका प्रहरीले गरेको छ । शवको पहिचान भएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *