दाङका दुई युवतीमाथि भारतीय जंगलमा सामूहिक बलात्कार

काठमाडौँ । भारतीय जंगलमा दुई नेपाली युवती बलात्कृत भएका छन् । नेपाल-भारत सीतावर्ती क्षेत्र मनीपुर बजार गएका दुई युवती भारतीय युवकहरूबाट बलात्कृत भएका हुन् ।

आइतबार बिहान भारतको बलरामपुर जिल्लाको मनीपुर बजारमा घरायसी सामान किन्न गएका दाङको राजपुर गाउँपालिका-६ निवासी दुई युवतीलाई भारतीय युवाहरूको समूहले सामूहिक बलात्कार गरेको सूचना आएको जिल्ला प्रहरी कार्यालयका डीएसपी मुकुन्द रिजालले जानकारी दिए । उनकाअनुसार ६ जना युवती भारतीय बजार जाँदै थिए । तीमध्ये दुई जना बलात्कृत भएको र अन्य लुटिएका हुन् ।

ती चार युवतीलाई कन्चटमा पेस्तोल ताकेर ‘तिमीहरु बोल्यौ भने गोली हानेर मार्दिन्छौँ,’ भनेर धम्काएको पीडितले जानकारी दिएको डीएसपी रिजालले बताए । भारतीय युवाको समूहले युवतीहरूलाई कुटपिट गर्दै कान नाकमा लगाएका गहना, नगद र मोबाइल समेत लुटेका उनको भनाई छ ।

घटनास्थल भारतीय भूमि भएकाले उक्त घटना भारतीय प्रहरीले हेरिरहेको डिएसपी रिजालले बताए । पीडितले भारतीय प्रहरीमा जोहेरी दिइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *