इलाम सवारी दुर्घटना, तीनजनाको मृत्यु

काठमाडौँ । आज आइतबार १२ बजे इलाममा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

इलामको माङसेबुङ गाँउपालिका- २ दहगाँउस्थित भित्रि सडकखण्डमा झापातर्फ जाँदै गरेको मे १ ज ४८७ नं को बोलेरो गाडी अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खसेको छ । चालकसहित ४ जना सवार उक्त गाडी दुर्घटना तीनजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा पाँचथर मिक्लाजुङ- ५ का अन्दाजी ६० वर्षीया पदम कुमारी लावती र अन्दाजी ६५ वर्षीय हिम प्रसाद लावती र मिक्लाजु- ६ बस्ने अन्दाजी ५० वर्षीय ‘प्रकाश’ भनिने जयराम राई रहेका छन् ।

पाँचथर मिक्लाजुङ- ३ बस्ने २४ वर्षीय अनुप राई भने मृत्यु हुनबाट बसेका छन् । हाल उनलाई इलामको बाझोस्थित प्रहरी चौकीमा नियन्त्रणमा राखिएको छ ।

प्रहरीका अनुसार हालसम्म मृतकको लाश घटनास्थलमै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *