असार १५ गते कर्णालीका ९ जिल्लामा सार्वजनिक बिदा

सुर्खेत । कर्णाली प्रदेशमा असार १५ गते सार्वजनिक बिदा हुने भएको छ । कर्णाली प्रदेश सरकारले असार १५ गते राष्ट्रिय धान दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

कर्णाली प्रदेशमा बिदा भनिएपनि जुम्लामा भने विदा नहुने भएको छ । राष्ट्रिय धान दिवसको अवसरमा असार १५ मा प्रदेशका जुम्लाबाहेक सबै जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार २०७८ चैत २९ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

जुम्लामा चैत महिनामै धान रोपाइँ हुँदै आएकाले प्रदेश सरकारले जुम्लाबाहेक नाै जिल्लामा मात्रै सार्वजनिक बिदा दिएको हाे ।

सूचना:

No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =