राष्ट्रिय सभाको अर्को बैठक भोलि सोमबार बस्दै, मन्त्रीहरूले जवाफ दिने

काठमाडौँ । राष्ट्रिय सभाको अर्को बैठक भोलि सोमबार बिहान ११ बजे बस्ने भएको छ ।
भोलिको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, परराष्ट्र मन्त्रालय, खानेपानी मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, गृह मन्त्रालय एवं रक्षा मन्त्रालय लगायतका मन्त्रालयगत शीर्षकमाथि छलफल हुनेछ ।
यसका साथै, राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमा छलफलका क्रममा उठेका विषयमाथि समेत सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ ।








