कर्णालीका तीन खेलाडीले जिते रजत र काश्य पदक

सुर्खेत । काठमाडाैँ दशरथ रंगशालामा भएको ४४औं राष्ट्रिय एथलेटिक्स खेलमा कर्णालीबाट सहभागी खेलाडीमध्ये तीन खेलाडीले रजत र काश्य पदक जितेका छन् ।  असार १० गतेदेखि १२ गतेसम्म भएको एथलेटिक्स खेलमा कर्णाली प्रदेशबाट सहभागी भएका खेलाडीले विभिन्न खेलमा रजत र काश्य पदक जित्न सफल भएका हुन् ।

जसमध्ये राममाया बुढाले ८ सय मिटर दौडमा रजत पदक जितेकी छन् भने, डिल्ली भण्डारी २ सय मिटर दौड काश्य पदक जित्न सफल भएका कर्णालीको टिमकोच मनराज शाहीले जानकारी दिए ।

यस्तै, कर्णालीबाट एथलेटिक्स खेलमा सहभागि कविता बीसीले महिला हाइजम्पमा काश्य पदक र राममाया बुढाले ३ हजार मिटर दौडमा काश्य पदक हात पार्न सफल भएका कर्णाली खेलकुद विकास परिषद्ले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *