सुख्खा पहिरो हटाइयो, अवरुद्ध सडक सञ्चालनमा

चितवन । इच्छाकामना गाउँपालिक वडा नं ४ स्थित पृथ्वी राजमार्गमा खसेको सुख्खा पहिरो हटाइएको छ । पहिरो हटाएसँगै दुईतर्फी नै सडक सुचारु भएको छ । घटनास्थल मुग्लिनबाट ३ किलोमिटर काठमाडौँतर्फ खसेको पहिरो प्रहरीले ३ घण्टा लगाएर हटाउन सफल भएको हो ।

आज दिउँसो ३ बजेदेखि अवरुद्ध भएको सडक सञ्चालनमा आएको चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीले बताए । उनकाअनुसार मुग्लिनबाट काठमाडौँ जाने र काठमाडौँबाट पोखरा, नारायणगढका लागि छुटेका गाडीहरु ओहोरदोहोर गर्न थालेका छन् ।

इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी निरीक्षकुसहितको प्रहरी टोलीले डिभिजन सडक कार्यालयसँग समन्वय गरी पहिरो पन्छाउने कार्य भएको चितवन प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =