पर्यटनमन्त्री आले र स्वास्थ्य राज्यमन्त्री खापुङले दिए राजीनामा

काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययनमन्त्री प्रेम आलेले राजीनामा दिएका छन् । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा बुझाएका हुन् । यसअघि पार्टीकाे दाेस्राे पूर्ण बैठकमा अध्यक्ष नेपालले ‘केही मन्त्रीहरूकाे राजीनामापत्र बाेकेर हिँडेकाे छु’ भनेर भनेका थिए ।

आलेले आफ्नाे राजीनामाबारे पत्रकार सम्मेलनमार्फत् बताउने तयारी गरेका छन् । उनले आजै मन्त्रालयमा पत्रकार सम्मेलनकाे आयाेजना गर्दैछन् ।

यस्तै स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङले पनि राजीनामा दिएका छन् । उनले पनि अध्यक्ष नेपाललाई राजीनामा बुझाएका हुन् । उनलाई पार्टीले स्वास्थ्यमन्त्रीमा बढुवा गरेकाे छ । अब उनी राज्यमन्त्रीबाट मन्त्री बन्नेछन् ।

आले-खापुङकाे दल नेकपा एकीकृत समाजवादीले जेठ २२ गते नै मन्त्रीहरूलाई फिर्ता बाेलाएर नयाँ मन्त्री पठाएकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *