कीर्तिमानी आरोही तामाङको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड पुगे अस्पताल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कीर्तिमानी आरोही शम्भु तामाङको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । बिहान ललितपुर हरिसिद्धस्थित नेपाल क्यान्सर अस्पताल पुगेर प्रचण्डले तामाङको स्वास्थ्यबारे जानकारी लिएका हुन् ।

सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका क्यान्सरपीडित ६७ वर्षीय तामाङ नेपाल क्यान्सर अस्पतालमा उपचाररत छन् । त्यहाँ पुगेर अध्यक्ष प्रचण्डले तामाङको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरूबाट जानकारी लिएका थिए ।

साथै उनले देशका लागि तामाङले पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै स्वास्थ्योपचारमा सरकारको तर्फबाट सहयोग दिलाउन पहल गर्ने बताए । सिन्धुपाल्चोकको लिसंखुपाखरमा जन्मिएका तामाङले २०३० वैशाख २३ गते १७ वर्ष ६ महिना १५ दिनको हुँदा सगरमाथाको सफल आरोहण गरेका थिए । तर उनले राखेको रेकर्ड पछि तोडिइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *