लोक गायिकाको रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले थाल्यो अनुसन्धान

काठमाडाैँ । दोहोरी गायिका दिलमाया सुनार आफ्नै कोठामा मृत फेला परेकी छन् । उनी शनिबार पौने ११ बजे कोठामै मृत अवस्थामा फेला परेकी हुन् ।

सुर्खेत घर भएकी सुनार काठमाडौंको नेपालटारमा डेरामा बस्दै आएकी थिइन् । उनको मृत्युको घटना अनुसन्धानका क्रममा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ । प्रहरीकाअनुसार ती युवक शनिबार बिहानै मृतक सुनारको कोठामा पुगेको खुलेको छ ।

सुनारको मृत्युबारे प्रहरी अनुसन्धान थालेको छ । सुनार केही महिनाअघि सम्पन्न राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगितामा उत्कृष्ट पनि घोषित भएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *