ह्वात्तै घट्यो पेट्रोलियमको भाउ, यस्तो छ नयाँ मूल्यदर

कठमाडौँ । सरकारले घटाएको पेट्रोलियमको मूल्य लागू भएको छ । शनिबार घटाउने निर्णय गरिएकोमा उक्त निर्णय आजबाट कार्यान्वयनमा आएको हो ।

शनिबार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ र डिजेल–मट्टितेलको मूल्यमा प्रतिलिटर २९ रुपैयाँ घटाइएको थियो । घटेको मूल्यअनुसार अब उपभोक्ताले प्रतिलिटर १७९ रुपैयाँमा पेट्रोल र १६३ रुपैयाँमा डिजेल–मट्टितेल पाउँछन् । यसअघि, पेट्रोलको मूल्य प्रतिलिटर १९९ र डिजेलको मूल्य प्रतिलिटर १९२ रुपैयाँ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *