सप्तकोसीमा डुंगा दुर्घटना: एकजना बेपत्ता

काठमाडौँ । सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित सप्तकोसी नदीमा शनिबार डुंगा दुर्घटना हुँदा एकजना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा स्थानीय अमर विष्ट रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए। बाढी आएका बेलामा कोसी नदीमा दाउरा निकाल्ने क्रममा डुंगा दुर्घटना भएको प्रहरीले जनाएको छ । चारजना युवा डुंगामा सवार रहेकामा स्थानीय दुर्गा काफ्ले, टीकाराम बस्नेत र नितेश बस्नेतलाई सकुशल उद्धार गरिएको छ भने विष्ट बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बेपत्ता विष्टको खोजीका लागि गोताखोर टोली, प्रहरी, स्थानीयवासी खटिरहेका छन् । खोजीकार्यलाई तीव्रता दिन सुरक्षा निकायलाई नगर प्रमुख रमेश कार्कीले आग्रह गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *