नेपाली रुपैयाँ हजारको नक्कली नोटसहित असनबाट एकजना पक्राउ

काठमाडौँ । आज शनिबार काठमाडौँ-२७ असनबाट नेपाली रुपैयाँ हजारको नक्कली नोटसहित एकजना पक्राउ परेका छन् ।

असनको कमलाक्षी कुना टोलमा पानी किन्ने क्रममा ग्राहकले रु. १००० को नोट दिँदा पसलेलाई नक्कली भन्ने शंका लागी सोधपुछ गर्दा पैसा दिने मान्छे भाग्न खोजेको र निजलाई स्थानीयले पक्राउ गरी जमलस्थित प्रहरी बिटमा बुझाएका छन् । पक्राउ पर्नेमा तनहुँ भानु गाउँपालिका-११ काउलेका अन्दाजी ५० वर्षीय अम्बर अधिकारी रहेको प्रहरीले बताएको छ ।

हाल उनलाई जमल प्रहरीले पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी प्रभाग दरबारमार्ग पुर्याएको छ । सो नोट नक्कली हो कि होइन भन्ने थप अनुसन्धानपछि मात्र थाहा हुने दरबारमार्ग प्रहरीले बताएको छ ।

घटनाको पूर्ण विवरण आउन बाँकी नै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *