बा, तिमी छैनौ !

बा, तिमी छैनौ !

अझै ताजै छ तिम्रा यादहरू मानसपटलमा
तिम्रा स्पर्शहरू अझै महसुस गर्न सक्छु म

गुन्जायमान छन् तिम्रा वाणीहरू
झस्किन्छु, अनेकौं पीडाबाेध हुन्छ

सबै तरङ्गहरू सल्यागंबल्यागं गर्छन्
आँसुका भेल यत्रतत्र पोखिन्छ

अनि आँखै अगाडि पुनः उभिन्छौ
केवल एक मृगतृष्णा बनी

म खोज्छु यता उता, बहुलाएझैँ
चिच्याउँछु, तर तिमी बोल्दैनौ

मन भारी हुन्छ अनि…अनि एकतमास भइ
सम्झन्छु, बा, तिमी त छैनौ पो त ।

शून्यतामा विलिन भयौ कता
बा, तिमी छैनौ !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *