माओवादी अध्यक्ष प्रचण्ड र चिनियाँ कम्युनिस्ट मन्त्री जियान्चाओबीच भर्चुअल बैठक

काठमाडौँ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ कम्युनिस्ट पार्टीकातर्फबाट अन्तर्राष्ट्रिय सम्पर्क विभागका लागि नवनियुक्त मन्त्री लिउ जियान्चाओलाई बधाई दिएका छन् ।

अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिस्ट मन्त्री जियान्चाओलाई भर्चुअल बैठकमार्फत बधाई दिएका हुन् अध्यक्ष प्रचण्ड र मन्त्री जियान्चाओबीच भर्चुअल कुराकानी भएको हो । आफ्नो छिमेकी मित्रराष्ट्र चीनको अन्तर्राष्ट्रिय सम्पर्क विभागमा कम्युनिस्ट मन्त्री चुनिएकोमा खुसी लागेको प्रचण्डले बताएका छन् ।

अध्यक्ष प्रचण्डले नवनियुक्त मन्त्री जियान्चाओलाई बधाई एवं शुभकामना दिएका छन् भने मन्त्री जियान्चाओले पनि अध्यक्ष प्रचण्डलाई आभारसहित धन्यवाद व्यक्त गरेका छन् ।

उक्त अवसरमा दुई नेताबीच दुई देश र दुई पार्टीबीचका आपसी हितका विषयमा समेत कुराकानी भएको माओवादी केन्द्रका नेता रमेश मल्लले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *