कांग्रेस महामन्त्री थापा र स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. उप्रेतीबीच छलफल

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीसँग भेटघाट गरेका छन् ।

महामन्त्री थापाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा बोर्डका अध्यक्ष डा. उप्रेतीसँग भेटेर विविध विषयमाथि छलफल गरेको बताएका छन् । थापाले लेखेका छन्, ‘स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनको अवस्था, देखिएका समस्या, यस बारेमा सिर्जना भएको अलमल, स्वास्थ्य बीमा बोर्डले गरेको प्रयास र सुधारका विषयमा बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीसँग छलफल भयो ।’

थापाले स्वास्थ्य सेवामा आम नागरिकको पहुँच पुर्याउन स्वास्थ्य बीमाको परिकल्पना गरिएको उल्लेख गर्दै स्वास्थ्य बीमा ऐन बमोजिम बीमा कार्यक्रमलाई प्रभावकारी र व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक नीतिगत सुधारका लागि आफ्नो सत्प्रयास जारी रहने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *