धनगढी उपमहानगरले ल्यायो १ अर्ब ८३ करोडको बजेट

धनगढी । धनगढी उपमहानगरपालिकाले १ अर्ब ८३ करोड ८९ लाख २४ हजार बराबरको बजेट ल्याएको छ । शुक्रबार ८औँ नगर सभामामा उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले सो बजेट प्रस्तुत गरेकी हुन् ।

प्रस्तुत बजेटमा पुर्वाधारतर्फ रु ४५ करोड १० लाख ५२ हजार छुट्याइएको छ । जुन उपमहानगरपालिकाको कुल बजेटको २४.५३ प्रतिशत हो । त्यस्तै आर्थिक तर्फ १४ करोट ४२ लाख ११ हजार रहेको छ । जुन कुल बजेटको ७.८४ प्रतिशत हो ।

प्रस्तुत बजेटमा आन्तरिक आय रु २६ करोड, ७९ लाख २४ हजार, अन्तर सरकारी वित्तीय हस्तान्तरण सङ्घीय सरकार ९६ करोड ४८ लाख र प्रदेश सरकारबाट ३५ करोड ३४ लाख ५ हजार, राजस्व बाँडफाँटबाट प्राप्त रु ४७ करोड २९ लाख ३३ हजार र सरी आएको मौज्दात १० करोड रहने प्रक्षेपण गरिएको छ ।

उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७८र७९ मा एक अर्ब ८१ करोड २८ लाख २२ हजार एक सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *