‘वेटीङ्ग’ मन्त्री मेटमणि भन्छन्- ‘कि प्रधानमन्त्रीले एकीकृत समाजवादी चाहिँदैन भन्नुपर्छ, नभए शपथ खुवाउनुपर्छ’

काठमाडाैँ । एकीकृत समाजवादीकाे तर्फबाट सहरी विकासमन्त्रीमा सिफारिस भएका नेता मेटमणि चाैधरीले नयाँ मन्त्रीहरूलाई शपथ नखुवाएर प्रधानमन्त्री शेरबहादुर देउवाले गल्ती गरिरहेकाे बताएका छन् । पार्टी कार्यालय, आलाेकनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भनेका छन्, ‘मेराे अध्यक्ष त प्रधानमन्त्री हाेइन । गल्ती भएकाे छ भने प्रधानमन्त्रीबाट मात्रै भएकाे छ । मेराे अध्यक्षले त राम्रै कुरा गर्दै हुनुहुन्छ ।’

जेठ २२ गते पार्टीले गरेकाे निर्णय प्रधानमन्त्रीले अझैसम्म कार्यान्वयन नगर्नुले राम्राे सन्देश नदिएकाे भनाइ उनकाे छ । ‘२२ गते निर्णय भएकाे हाे । अझैसम्म सरकारले केही रेस्पाेन्स् गरेकाे छैन । याेचाहिँ भएन । हाम्राे पार्टीले गरेकाे निर्णय कार्यान्वयन गर्नुपर्छ ।’

‘मन्त्री हुँदा केही चाहिएन, हट्नेबेला सबै चिज चाहियाे’

उनले पहिले मन्त्री बनेकाहरूप्रति असन्तुष्टि पाेखाएका छन् । उनले प्रश्न गरेका छन्— मन्त्री बन्नेबेलाचाहिँ केही चाहिएन, हट्ने बेलाचाहिँ सबै चिज चाहियाे ?

मन्त्रीहरूमा नैतिकता नभएकाेसमेत उनले टिप्पणी गरेका छन् । ‘नैतिकता भए कमरेडहरूले २२ गते नै राजीनामा दिनुपर्थ्याे । तर अझैसम्म उहाँहरूले अटेर गरिरहनु भएकाे छ । याे हुँदाे काम भएन । उहाँहरूले त पार्टीले निर्णय गरिकेकाेपछि छाेड्नुपर्छ ।’

‘प्रचण्डका कारण शपथ ढिलाे भयाे’

उनले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कारण पनि आफूहरूकाे शपथ ग्रहणमा ढिलाइ भएकाे बताए । ‘यहाँ प्रचण्ड कमरेडकाे पनि भूमिका छ । उहाँलाई पनि पार्टीभित्र ठूलाे दबाब छ । त्यही भएर उहाँले पनि केही समय हाेल्ड् गर्नुभएकाे छ ।’

त्यसाे त माओवादी केन्द्रका केही नेताहरूले अध्यक्ष प्रचण्डलाई एकीकृत समाजवादीले जस्तै नयाँ मन्त्रीहरू पठाउन तारान्तार आग्रह गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =