मिलको मेसिनले हात काट्दा मजदुरको मृत्यु
२०७९ असार १० गते

विराटनगर । विराटनगरमा रहेको रघुपति जुटमिलमा काम गर्ने क्रममा मेसिनले हात काट्दा मजदुरको मृत्यु भएको छ । मोरङको विराटनगर महानगरपालिका-१७ मा रहेको रघुपति जुटमिलको मेसिनले हात काट्दा उद्योगमा कार्यरत अपरेटरको मृत्यु भएको हो ।
गएराती १० बजेतिर जुटमिलमा अपरेटरको काम गर्ने क्रममा विराटनगर-१४ का ४२ वर्षीय राजो कामतको मेसिनमा काम गरिरहेको अवस्थामा अचानक मेसिनले बायाँ हातको कुमबाटै काटी घाइते भएका थिए ।
घाइते कामतलाई तत्काल उपचारको लागी विराटनर्सिङ होम विराटनगर लगिएकोमा डाक्टरले चेकजाँचको क्रममा मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
२०७९ असार १० गते
प्रतिक्रिया
सम्बन्धित








