धनुषामा हत्या आरोपमा पति र ससुरा पक्राउ

काठमाडौँ । पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा धनुषा प्रहरीले पति र ससुरालाई पक्राउ गरेको छ ।

धनुषाको शहीदनगर नगरपालिका–८ नाथपट्टीकी गौरीदेवी मण्डलको घाँटी थिचेर हत्या गरेको आरोपमा उनका पति रामचन्द्र मण्डल खत्वे र ससुरा सहदेव मण्डल खत्वेलाई प्रहरीले पक्राउ गरेको हो ।

दुवै जनाले मिलेर घाँटी थिची हत्या गरेको भन्दै मृतक गौरीकी आमा सिराहाको गोलबजार नगरपालिका–५ की तेतरीदेवी मण्डलले २०७८ कात्तिकमा इलाका प्रहरी कार्यालय यदुकाहामा कर्तव्य ज्यान मुद्दाअन्तर्गत् जाहेरी दर्ता गराएकी थिइन् ।

सोही जाहेरीको आधारमा दुवैजनालाई भारतको लदनियाबाट पक्राउ गरी नेपाल ल्याई थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *