बेसीसरहमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
२०७९ असार १० गते

काठमाडौँ । धादिङको धादिङ बेसीसरहमा केएमसी अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । सहिद मेमोरियल अस्पतालको आयोजनामा धादिङको नीलकण्ठ नगरपालिका ३ स्थित अस्पतालको प्राङ्गणमा शिविर सम्पन्न भएको हो ।
शिविरमा ९ सय ९३ जनाले निःशुल्क स्वास्थ्य सेवा तथा परामर्श लिएका थिए । जसमध्ये १२३ जनाको ईसीजी, १८९ जनाको ल्याब, १८३ जनाको यूएसजी, १७ जनाको दाँत खोल्ने र ४३ जनालाई ओटी रेफर गरिएको केएमसी अस्पतालका जनरल मेनेजर नारायण दाहालले बताए ।
पछिल्लो समय केएमसीले देशभरिका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ । सबैको पहुँचमा स्वास्थ्य सेवा र परामर्श पुगोस् भन्ने उद्देश्य यस्ता शिविरलाई प्राथमिकताका साथ सञ्चालन गर्ने गरेको केएमसी अस्पतालका निर्देशक डा. सुनिल शर्माको भनाई छ ।
२०७९ असार १० गते
प्रतिक्रिया
सम्बन्धित








