गभर्नरलाई भेटेर गगनले भने- अर्थतन्त्रमा देखिएकाे समस्याकाे सम्बाेधन चाँडै गर्नुस्

काठमाडाैँ । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगनकुमार थापाले नेपाल राष्ट्रय बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर अर्थतन्त्रमा देखिएकाे समस्याकाे समाधान चाँडै गर्न अनुराेध गरेका छन् । शुक्रबार बिहान गभर्नर अधिकारीलाई भेटेका उनले भनेका छन्, ‘गभर्नर महाप्रसाद अधिकारीलगायत वरिष्ठ अधिकारीसँग भेटेर हालको तरलता अभाव, मुद्रा सञ्चितिको अवस्था र पुँजी बजारको समस्या सम्बोधन गर्न आवश्यक विषयहरूमामा छलफल गरेको छु ।’

यस्तै उनले अर्थतन्त्रमा देखिएका समस्या समाधानका उपायसहित मौद्रिक नीति बन्नेमा विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *